Rule 41D
बिवरण तथा तथ्याङ्क उपलब्ध गराउनु पर्नेः
(१) आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको हकमा आयोगले तोकेको ढाँचामा र अव्यवस्थित बसोबासीको हकमा अनुसूची-२१ बमोजिमको ढाँचामा विवरण तथा तथ्याङ्क सङ्कलन गरी पठाउन प्रत्येक स्थानीय तहलाई अनुरोध गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क सङ्कलन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम_बिवरण तथा तथ्याङ्क सङ्कलन गर्दा सम्बन्धित स्थानीय “तहको वडा समितिले आफ्नो वडाभित्र बसोबासी गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण. तथा तथ्याङ्क सङ्कलन गरी त्यस्तो विवरण तथा तथ्याङ्कको सत्यताको सम्बन्धमा आवश्यक जाँचबुझ गरी सिफारिस सहित स्वीकृतिको लागि गाउँ वा नगर कार्यपालिका समक्ष पेश गर्नु पर्नेछ।
(४) उंपनियम (३) बमोजिम पेश भएको विवरण तथा: तथ्याङ्कका सम्बन्धमा सम्बन्धित गाउँ वा नगर _कार्यपालिकाले आवश्यक जाँचबुझ गर्दा त्यस्तो .ःविवरण तथा तथ्याङ्क स्वीकृत गर्न उपयुक्त हुने देखिएमा गाउँ वा नगर कार्यपालिकाको निर्णय बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको छुट्टा छुट्टै नामावली सहितको विवरण तथा तथ्याङ्क स्वीकृत गरी आयोग वा आयोगले तोकेको निकायमा पठाउनु पर्नेछ ।
तर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी एउटै भए सोही व्यहोरा जनाई एउटै नामावलीमा समावेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त विवरण र तथ्याङ्कको सम्बन्धमा आयोगले आवश्यकता अनुसार जाँचबुझ गर्न सक्नेछ ।